पोखरा । पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले नेपालकै पहिलो अफरोडर एसयूभीका साथै ओमोडा ई५ डिलक्स औपचारिक समारोहबीच सार्वजनिक गरेको छ ।
उद्योगी, व्यवसायी, पोखरास्थित विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीसहित सर्वसाधारणको उपस्थितिमा गाडीमा भएका फ्युचरिस्टिक टेक्नोलोजी प्रदर्शन गरिएको छ । सो अवसरमा जेको जे६ औपचारिक रुपमा सार्वजनिक गरियो भने ओमोडा ई५ को अर्को भेरिएन्ट ओमोडा ई५ डिलक्स समेत सार्वजनिक गरिएको छ ।
प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ तथा एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र इलाइट मोटर्सका चेयरम्यान गोपाल बराल र म्यानेजिङ डाइरेक्टर शिव बरालले दुवै गाडी सार्वजनिक गरेका हुन् । यसबाट स्थानीय बजारमा नवीन प्रविधि विस्तारमा महत्वपूर्ण कोशेढुंगा हासिल गर्ने अवसर समेत ओमोडा र जेकोले प्राप्त गरेका छन् ।
इलाइट मोटर्सका चेयरम्यान गोपाल बरालले भने, ‘हामीले ओमोडा ई५ र जेको जे६ का लागि उत्साहपूर्ण र सकारात्मक प्रतिक्रिया पाएका छौँ, ग्राहकका लागि एक्सचेन्ज र फाइनान्स लगायतका सुविधाका साथै ईभी टेक्नोलोजीमा आएका पछिल्ला प्रगति समेत एकै स्थानमा सहज तरिकाले उपलब्ध गराउन हामी प्रतिबद्ध छौँ” ।
केही महिनाभित्रै हामी नयाँ सर्भिस सेन्टर स्थापनाको घोषणा गर्ने क्रममा छौं र यसबाट पोखराका ग्राहकलाई अत्याधुनिक प्रविधि र नवीन प्रविधिको जानकारी दिने लक्ष्य राखेको उनी बताउँछन् । हाम्रो शोरुममा उपस्थित भएर यो फेस्टिभ सिजनमा फ्युचरिस्टिक ईभी ड्राइभ गर्नुका फाइदा बारेमा अध्ययन गर्न समेत पोखरावासीलाई उनले निमन्त्रणा गरेका छन् ।
एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा भन्छन्, ‘हामी नेपालभर एड्भान्स टेक्नोलोजी र इनोभेटिभ डिजाइन सहितका सवारी साधनका साथै चार्जिङ स्टेसन र सर्भिस स्टेसन सहित हाम्रो नेटवर्क विस्तार गर्ने कार्यमा प्रतिबद्ध छौं । पोखरामा इलाइट मोटर्सले सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको वान–स्टप सुविधा उपलब्ध गराएको छ । पोखराका साथै नेपालभर १५ भन्दा बढी सर्भिस नेटवर्क छन् भने आगामी केही महिना भित्रै ५० भन्दा बढी क्षेत्रमा हाम्रो चार्जिङ स्टेसन विस्तार गरिने छ ।’
नेपालका लागि ओमोडा र जेको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सको पोखराका लागि आधिकारिक वितरकको रुपमा इलाइट मोटर्सले कार्य गरिरहेको छ । इलाइट मोटर्सले बिगत १४ वर्षदेखि पोखरेली ग्राहकलाई मोबिलिटी सोलुसन प्रदान गरिरहेको छ । प्रोडक्ट लन्च इभेन्टमार्फत ओमोडाको अत्याधुनिक विद्युतीय गाडीका साथै जेकोको अद्वितीय अफरोड अनुभव उपलब्ध गराउने उद्देश्य राखिएको छ ।
ओमोडा ई५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार र लक्सको मूल्य ६१ लाख ९९ हजार रुपैयाँबाट प्रारम्भ हुन्छ । ओमोडा ई५ नेपाली बजारमा उपलब्ध प्रमुख ईभी ब्रान्ड हो र यसले ४३० किलोमिटरको लामो रेन्ज दिन्छ भने यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर छ ।
जेको जे६ को प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ र थप ३ लाख रुपैयाँ फेस्टिभ डिस्काउन्टका साथ उपलब्ध छ । यसले ४०० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ भने यसमा १३५ किलोवाट मोटर पावर छ भने १८४ पीएस पावर र २२० एनएम टर्क दिन्छ । यसले ० देखि १०० किलोमिटर दुरी १०.५ सेकेन्डमै पार गर्छ ।
यसमा ६ एयरब्यागका साथै लिथियम आइरन फस्फेट ब्याट्री छ । यसका साथै यो गाडीमा प्यानोरामिक सनरुफ, १५.६ इन्च सेन्ट्रल कन्ट्रोल सिस्टम, प्रिमियम इन्फिनिटी साउन्ड सिस्टम र फ्रन्ट तथा रियर ड्युअल मोटर रहेको छ ।
इलाइट मोटर्सको बारेमा:
गण्डकी क्षेत्रको लागि ओमोडा र जेको अटोमोबाइल्सको आधिकारिक वितरक इलाइट मोटर्स प्रालि रहेको छ । थप जानकारीका लागि इलाइट मोटर्समा सम्पर्क गर्न वा पोखरा उत्तमचोकमा अवस्थित ओमोडा शोरुमको भ्रमण गर्न वा ९८०२८०३६५२ मा सम्पर्क गर्न सकिनेछ ।
Comments are closed.