समृद्धि फाइनान्सका ग्राहकलाई बजाज कम्पनीको दुई पाङ्ग्रे सवारी खरिदमा छुट

काठमाडौं । समृद्धि फाइनान्स र ब्रदरस अटो प्रालि बीच गाडी खरिदमा छुट सम्बन्धी सम्भmौता भएको छ ।

समझदारीपत्रअनुसार फाइनान्सका खातावालाले समृद्धि मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गरी बजाज कम्पनीको दुई पाङ्ग्रे सवारी साधन किन्दा अफर मुल्यमा रु. १२ हजार, दुई पाङ्ग्रे सवारी साधनका पार्टपुर्जा र हेलमेटमा १२ प्रतिशत छुटका साथै प्रत्येक ५ नियमित सेवापछि एउटा निःशुल्क सर्भिसिङको मज्जा लिन सक्नेछन् ।

यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.