खल्तीबाट वल्डलिंकको भुक्तानीमा एनएएमएमआईको ईभी कार, सबैको खल्ती फुल हुने अफरहरू

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैँको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताले वल्डलिंकको बिल भुक्तानी गरी एनएएमएमआई ०१ ईथ्रि ईभी कार जित्न सक्नेछन् ।

असोज ३० गतेदेखि पुस १० गतेसम्म लागु हुने यस अफरमा प्रयोगकर्ताले खल्तीबाट वल्डलिंक इन्टरनेटको बिल भुक्तानी गरी एनएएमएमआई ०१ ईथ्रि ईभी जित्न सकिने मौका रहेको छ । यसका साथै, प्रयोगकर्ताले हरेक हप्ता सामसुङको प्रडक्ट जित्न सक्नेछन् भने दयब्त का प्रडक्मा ५३ प्रतिशत सम्मको अनि सामसुङका प्रडक्टमा ३० प्रतिशत सम्मको छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन् ।

यो अफर नयाँ वल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुबैका लागि लागु हुनेछ । यस योजना अन्तर्गत १ महिना देखि २४ महिना सम्मको इन्टरनेट प्याकेज भुक्तानीमा ¥याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था गरिएको छ । सोही कुपनमार्फत प्रयोगकर्ता लक्की ड्र का लागि छनोट हुनेछन् ।

गत दसैँमा ‘खल्तीबाट वल्डलिंकको भुक्तानी गरेर दुबई घुमौँ रमेर’ अफरमार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यसपाली ‘गाडी चढौँ सरर’ अफरमा ईभी जित्ने मौका रहेको छ । खल्तीले आफ्नो ‘खल्ती फुल दसैँ’ योजना अन्तर्गत पहिलो च्याप्टरमा आन्तरिक फ्लाइट टिकट काट्दा थाइल्यान्ड घुम्ने अफर पनि घोषणा गरेको थियो । यसका साथै अझै धेरै आकर्षक खल्ती फुल च्याप्टरहरू आउन बाँकी रहेको खल्तीले जनाएको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले चाडपर्वको अग्रिम शुभकामना दिँदै भर्खरै २९ औँ वार्षिकोत्सव मनाएको वल्डलिंकको इन्टरनेट भुक्तानीमा आकर्षक उपहारसहित बम्परमा एनएएमएमआई ईथ्रि ईभी रहेको खल्तीफुल दसैँ योजना घोषणा गरेका छन् । सबै प्रयोगकर्ताले धेरै भन्दा धेरै कारोबार गरी खल्ती फुल हुने अफरहरू रहेको ‘खल्ती फुल दसैँ’ योजनाबाट लाभान्वित हुनुहुने कुरामा खल्ती परिवार विश्वस्त रहेको उनले बताए ।

आईएसओ २७००१ः २०१३ बाट मान्यता प्राप्त साथै WITSA ग्लोबल इनोभेसन र टेक एक्सीलेन्स अवार्ड २०२२, देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र अनवरत रूपमा डिजिटल कारोबारमा पु¥याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ ।

खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ता, १ लाख बढी एजेन्ट, ६० हजार बढी मर्चेन्ट व्यवसायी, ५५ बढी बैंक तथा वित्तीय संस्था, १५ सय बढी सहकारी र ३ बढी कर्मचारीको परिवारमा रूपान्तरण भएको छ ।

सम्पूर्ण नेपालीमा वित्तीय साक्षरता पु¥याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाह उपलब्ध गराउँदै आएको छ ।

You might also like

Comments are closed.