आइसरले ल्यायो ‘दशैको हर्ष, आइसरको बर्ष अफर’ योजना

काठमाडौं । कर्मसियल भेहिकलमा अग्रणी विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा अत्याधिक ग्राहकले रुचाएको ब्रान्ड बतास एमएडब्लु, बतास मोरङ्ग अटोवकर््स कमर्सियल भेहिकल आइसरले ‘दशैको हर्ष, आइसरको बर्ष अफर’ योजना ल्याएको छ ।

दशै तिहार, छठ पर्व चाडलाई लक्षित गर्दै ‘दशैको हर्ष, आइसरको बर्ष अफर’ योजना ल्याइएको हो । ‘दशैको हर्ष, आइसरको बर्ष अफर’ योजना अन्र्तगत ग्राहकका लागि आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशत सम्मको सरल फाइनान्स, २५ लाख सम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुबिधा प्रदान गरेको छ ।

यस योजनाले ग्राहकलाई बिशेष प्राथमिकताका साथ गाडी सञ्चालक, चालक, शिक्षण संस्था, निर्माण कम्पनीलाई लक्षित गर्दै योजना अन्र्तगत चालकको लागि बीमा (चालक तथा मालिक), शून्य सेवा लागत, (गाडि सञ्चालक) तथा टुर प्याकेजहरू (निर्माण कम्पनीका लागि), ल्यापटप, प्रोजेक्टर (शिक्षण संस्थाका लागि) योजनामा समावेश गरिएका छन् ।

यो योजना यही असोज १ गते देखि नेपालभर लागू हुनेछ । ग्राहकले आइसरका देशभरीका शो रुमबाट यो अवसरको लाभ लिन सक्नेछन् । आइसर बतास एमएडब्लुले आधिकारिक रूपमा आइसरका गाडीहरु बिक्रि गदै आइरहेको छ । बतास समूह र मोरङ अटो वकर््सको गठबन्धनले नेपालमा आइसरको क्षितिज फराकिलो गर्दै काम गरिरहेको छ ।

नेपालमा आइसरका ११ शाखाहरु,४ डिलर र १६ सहित देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । ग्राहकले आइसरका विद्यमान दायरामा विस्तृत विकल्पहरू ४ पाङ्ग्रे ट्रकदेखि १६ पाङ्ग्राहरू, ५ टनदेखि २५ टन लोडिङ क्षमताका उत्पादनहरु छनोट गर्न सक्नेछन् ।

साथै आइसरले अत्याधुनिक नाइट बस पनि भित्राइसकेको छ । यसले नेपालमा विद्यमान लामो रुटका बसमा विद्यमान समस्यालाई हल गर्ने लक्ष्य लिएको जानकारी कार्यकारी निर्देशक दिपक अग्रवालले गराए ।

आइसर विश्वभर ७० भन्दा बढी देशमा फैलिएको छ । आइसरले भोल्भो र आइसरका संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादन बजारमा उपलब्ध गराउदै आइरहेको छ ।

You might also like

Comments are closed.