बहुप्रतिक्षित टाटाको इभि पन्च, भव्यताका साथ एकैपटक ४ शहरमा लन्च

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक ४ शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा भव्यताका साथ लन्च भएको छ ।

धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी यी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए ।

भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठको उपस्थिति रहेको बताइएको छ । चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले सहभागीता जनाए ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च इभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । पोखरामा औपचारिक रूपमा पन्च सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण गर्न पाउँदा आफू उत्साहित भएको उनको भनाइ छ ।

उनले गाडीको बिक्रीसँगै इभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए । भैरहवा–बुटवलको कार्यक्रममा बोल्दै सीओओ राजेशप्रसाद गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको हो । गाडीको साँचो हातमा लिँदै कतिपय ग्राहकले टाटाको पन्च इभि चढ्न पाउँदा आफूहरू उत्साहित भएको बताएका छन् । टाटा पन्च ईभीको प्रारम्भिक मूल्य रु. ३३ लाख ९९ हजार तोकिएको छ ।

पन्च ईभीको सो भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन् । यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले द्यल्ऋब्ए मा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

You might also like

Comments are closed.