नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो

काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर २ हजार ५८८ दशमलव ३५ को अङ्कमा रोकिएको हो ।

आज ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ७२ हजार ९५७ पटक खरिदबिक्री हुँदा रु ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वित्त समूह ० दशमलव ३१, होटल तथा पर्यटन ० दशमलव ६१, उत्पादन तथा प्रशोधन ० दशमलव १९, लघुवित्त ० दशमलव १८ र म्युचुअल फन्ड ० दशमलव १० प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ ।

jutta mela

सबैभन्दा बढी बैकिङ समूह १ दशमलव ०१ प्रतिशतले बढेको छ । विकास बैंक ० दशमलव ६६, जलविद्युत् ० दशमलव ३१, लगानी ० दशमलव ६२ र जीवन बीमा समूह ० दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ० दशमलव ४७, व्यापार ० दशमलव ०७ र अन्य समूह ० दशमलव ४१ प्रतिशतले बढेको छ ।

इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर साङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य ८ दशमलव ६५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको रु २७ करोड ८० लाख २७ हजार ७१५ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को ६ लाख ४७ हजार २०३ कित्ता किनबेच भएको छ ।

You might also like

Comments are closed.