नेप्से परिसूचकमा ५६ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शुन्य ९ अङ्कले उकालो लागेर २ हजार ५३ दशमलव ५८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९ दशमलव ७५ अङ्कले उकालो लागेर ४७६ दशमलव ४६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ ।

jutta mela

आजको कारोबारमा कूल १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर रु ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७०५ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, न्यादी हाइड्रोपावर १०, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ९ दशमलव ७६, इस्टर्न हाइड्रोपावर ९ दशमलव ६८,गुडबिल फाइनान्स ९ दशमलव २७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ८ दशमलव १४ प्रशितले कमाएका छन् ।

यस्तै, विन नेपाल लघुवित्त १०, कुमारी सुलभ योजना ९ दशमलव ४३, एनआइसी एशिया सेलेक्ट फण्ड ६ दशमलव ७०, स्वरोजगार लघुवित्त ५ दशमलव ४९ र उपकार लघुवित्तका लगानीकर्ताले ४ दशमलव ४१ प्रतिशले गुमाएका छन् ।

You might also like

Comments are closed.