नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दमलव ३९ अङ्कले ओरालो लागेर २ हजार ६६३ दशमलव ३२ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ५५ अङ्कले ओरालो लागेर ४८० दशमलव २३ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल १ करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर रु ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ मूल्यमा खरिद–बिक्री भएको छ ।

नेप्सेका अनुसार, मिड सोलु हाइड्रोपावर १०, बुटवल पावर कम्पनी ६ दशमलव ८३, माण्डु हाइड्रोपावर ६ दशमलव ३१, प्रभु स्मार्ट फन्ड ५ दशमलव ९६ र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ४४ प्रतिशतले कमाएका छन् ।

इस्टर्न हाइड्रोपावर ८ दशमलव ५०, बुद्धभूमि नेपाल हाइड्रोपावर ७ दशमलव २४, नेपाल फाइनान्स ६ दशमलव ९८, बोटलर्स नेपाल तराई ५ दशमलव ८८ र कालीञ्चोक दर्शनका लगानीकर्ताले ५ दशमलव ५० प्रतिशतले गुमाएका छन् ।

You might also like

Comments are closed.