कर्णालीमा १७ सय बढी नयाँ उद्योग दर्ता

काँक्रेविहार (सुर्खेत) । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा १७ सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता ४१० उद्योग खारेज भएका छन् ।

कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दर्ता र नवीकरणको तुलनामा करिब एक चौथाइ हाराहारीमा उद्योग खारेज भएका छन् । सुर्खेतका १६६, जुम्लाका ८१, कालीकोटका ३७, सल्यानका ३५, दैलेख र जाजरकोटमा समान २८, रुकुमपश्चिमका २२, हुम्लाका ७ र मुगुका ६ वटा उद्योग खारेज भएका छन् ।

अधिकांश सामान्य बासको व्यवस्था भएका होटल, रेस्टुरेन्ट, कृषि फार्मजस्ता साना उद्योग खारेज भएका निर्देशनालयका सूचना अधिकारी थीरबहादुर श्रेष्ठले बताए । उद्योग खारेज नगरिएपछि अर्को उद्योग खोल्न नपाइने, धेरै जरिवानामा परिने भएकाले साना लगानीमा सञ्चालित उद्योग धमाधम खारेज भएका उनी बताउँछन् ।

गत आर्थिक वर्षमा १७ सय ९५ वटा उद्योग नयाँ दर्ता भएको छभने २ हजार ५५ वटा उद्योग नवीकरण भएका छन् । सल्ल्यानमा १३२ नयाँ र २३६ नवीकरण, जाजरकोटमा १५३ नयाँ र ८३ नवीकरण, रुकुमपश्चिममा १७४ वटा उद्योग नवीकरण भएका उक्त निर्देशनालयले जनाएको छ । मुगुमा १११ नयाँ र ५१ वटा नवीकरण, सुर्खेतमा नयाँ ६७१ र ९२१ वटा नवीकरण भएका छन् । जुम्लामा २०४ वटा नयाँ र २३७ वटा नवीकरण भएका छन् ।

दैलेखमा १५६ नयाँ र १५६ वटा उद्योग नवीकरण गरिएको छ । कालीकोटमा १२२ नयाँ उद्योग दर्ता र १३१ वटा नवीकरण भएका छन्भने डोल्पामा ९३ नयाँ र ७९ वटा नवीकरण, हुम्लामा नयाँ ५३ र ८७ उद्योग नवीकरण भएका निर्देशनालयले जनाएको छ ।

You might also like

Comments are closed.