नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ९९ अङ्कले ओरालो लागेर २ हजार ६३९ दशमलव ९२ अङ्कमा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव १४ अङ्कले ओरालो लागेर ४७६ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

नेप्सेका अनुसार, कूल १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर रु ५ अर्ब ९० करोड ७९१ हजार ४४ मूल्यमा कारोबार भएका छन् । विन नेपाल लघुवित्त ९ दशमलव ९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९ दशमलव ८२, कालिका लघुवित्त ५ दशमलव ५२, पिपल्स पावर ४ दशमलव ८४ र मानुषी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।

यस्तै, न्यादी ग्रुप अफ पावर ९ दशमलव २०, गुडविल फाइनान्स ५ दशमलव ६५, छ्याङदी हाइड्रोपावर ४ दशमलव ७९, इस्टर्न हाइड्रोपावर ४ दशमलव ७५ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ४ दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

 

You might also like

Comments are closed.