नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक १४ दशमलव १२ अङ्कले ओरालो लागेर २ हजार ७३४ दशमलव ८३ मा आएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ०८ अङ्कले ओरालो लागेर ४८३ दशमलव ६९ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा ९ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।

आजको कारोबारमा कुल १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर रु ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४४९ मूल्यमा खरिदबिक्री भएको छ । नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैङ्क र सृजनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स ९ दशमलव ९९, समृद्धि फाइनान्स ९ दशमलव ९९ र मक्कर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्यमा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।

आजको कारोबारमा कुथेली बुखरी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ । समाज लघुवित्त ४ दशमलव ९३ प्रतिशत, एनएलजी इन्सुरेन्स ४ दशमलव ०४ प्रतिशत र बुटवल पावर कम्पनीको शेयर मूल्य ३ दशमलव ६३ प्रतिशतले घटेको छ ।

You might also like

Comments are closed.