काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका ३० स्थित ज्ञानेश्वरमा कार्यालय भवन निर्माणको लागि भूमि पूजा कार्यक्रम गरेको छ । सो भवन आगामी ९ महिनाभित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको छ ।
नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा यस कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याइने छ । भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकत्तम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिनेछ ।
कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले भूमि पूजन कार्यक्रम गरेका हुन् । सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारी र बैंक कर्मचारीको उपस्थिति रहेको थियो ।
बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
Comments are closed.