नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा साढे १० अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर २ हजार ७५८ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।

आज ३१४ कम्पनीको दुई करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर एक लाख ३ हजार ४८१ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५६४ बराबरको कारोबार भएको छ ।

बैङ्किङ ० दशमलव ५९, विकास बैङ्क १ दशमलव ७२, वित्त १ दशमलव ९७ र अन्य समूह ० दशमलव ३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ७० र होटल तथा पर्यटन समूह ४ दशमलव ९९ प्रतिशतले बढेको छ ।

त्यस्तै, जलविद्युत् ० दशमलव ६२, लगानी ० दशलमव ६०, जीवन बीमा १ दशमलव ९१, उत्पादन तथा प्रशोधन समूह ० दशमलव १५, लघुवित्त ० दशमलव १५, म्युचुअल फन्ड ० दशमलव ४१ र निर्जीवन बीमा ० दशमलव २० प्रतिशतले बढेको छ ।

तारागाउँ होटल रिजेन्सी लिमिटेड, विशालबजार कम्पनी लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा ८ दशमलव ७२ प्रतिशतको गिरावट देखिएको छ ।

 

You might also like

Comments are closed.