नेपाल टेलिकमको जुम्लामा मोबाइल सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले जुम्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरी टु जी/फोर जी मोबाइल सेवा सञ्चालन गरिएको हो ।

जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै वडा नं. १, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने स्थानीयबासी पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् ।

दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पु¥याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले ग्राहकको मागलाई लक्षित गरी Voice tyf Data सेवाको विस्तार गरेको छ । यहाँका स्थानीयवासी, घुम्न आउने पर्यटक तथा पर्यटन लगायत अन्य व्यवसायीले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।

 

You might also like

Comments are closed.