नाडाको ४८औं साधारणसभा सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को ४८औं साधारणसभा सम्पन्न भएको छ । द प्लाजा पुल्चोक ललितपुरमा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटनका अवसरमा बोल्दै मन्त्री दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको महत्वपूर्ण योगदान रहेको चर्चा गरेका छन् । ‘आर्थिक क्षेत्रमा अटोमोबाइल क्षेत्रको योगदान महत्वपूर्ण छ,’ उनले भने ।

नाडाका अध्यक्ष करण चौधरीले राज्यले अटोमोबाइल क्षेत्रको योगदानलाई मूल्यांकन गर्नुपर्ने धारणा राखे । अटोमोबाइल क्षेत्रले लाखौंलाई रोजगारी दिनुका साथै राजश्वमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै अध्यक्ष चौधरीले अटोमोबाइलप्रति सकारात्मक नीति आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल लगायतले बोलेका थिए ।

पहिलो सत्रमा उद्घाटन कार्यक्रम सम्पन्न भएपश्चात बन्द शत्रमा महासचिव सुरेन्द्रकुमार उप्रेती र कोषाध्यक्ष मिलन बाबु मल्लद्वारा प्रस्तुत प्रतिवेदन पारित भएको छ । साथै नाडाको कामको समिक्षा र भावि योजनासहित साधारणसभा सम्पन्न भएको महासचिव सुरेन्द्रकुमार उप्रेती सुरेशले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.