कास्कीका जुत्ता व्यवसायीलाई मणिपाल शिक्षण अस्पतालले छुट दिने

पोखरा । जुत्ता व्यवसायी संघ कास्की र मणिपाल शिक्षण अस्पताल बीच सम्भmौता भएको छ । अस्पतालका सेवा सुबिधा छुट सम्बन्धमा दुई पक्ष बीच सहमती पत्रमा हस्ताक्षर गरिएको छ ।

जुत्ता व्यवसायी संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठ र शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले सम्भmौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार अस्पतालले जुत्ता ब्यबसायी संघ कास्कीका सदस्यलाई स्वास्थ्य सेवामा न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

सम्झौता पत्रमा दर्ता शुल्कमा शतप्रतिशत छुट, सामान्य बेडमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत, न्युरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेक अन्य शल्यचिकित्सामा १० प्रतिशत, विशेष अनुसन्धानमा १० प्रतिशत छुट दिइने समझदारी भएको छ ।

साथै डाक्टरको परामर्शमा कुनै शुल्क लाग्नेछैन । छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरु उपभोग गर्न जुत्ता ब्यबसायी संघ कास्कीमा दर्ता भई परिचय पत्र देखाउनुपर्नेछ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.