काठमाडौं । नेपाल बैंकर्स संघले ३८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाका प्रमुख आतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेका हुन् ।
प्रमुख अतिथि गभर्नर अधिकारीले नेपालको बैंकिङ क्षेत्र अन्य क्षेत्रहरु भन्दा धेरै नै पारदर्शी रहेको बताए । नेपाल राष्ट्र बैंकले ल्याउने कुनै पनि सुधारका नीतिहरु नेपालको बैंकिङ क्षेत्रलाई अप्ठ्यारो बनाउन नभई यो क्षेत्रलाई कसरी सबल बनाउन सकिन्छ भन्ने दिशामा नै केन्द्रित हुने बताए । नेपालको बैंकिङ क्षेत्रमा प्रशस्त चुनौतीहरु भएपनि ती चुनौतीलाई सामना गर्न नेपालको बैंकिङ क्षेत्र सक्षम रहेको उनले जनाए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय वित्तका दक्षिण एशियाका लागि क्षेत्रीय अर्थशास्त्री कमलिका दासले वर्तमान विश्व अर्थ व्यवस्थाबारे जानकारी दिदै विश्व अर्थव्यवस्थामा देखिएका मुख्य चुनौतिहरु र त्यसका समाधानका उपायको बारेमा उल्लेख गरेका छन् ।
संघको वार्षिक साधारणसभाको अवसरमा प्रत्येक वर्ष बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तिलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष राजन सिंह भण्डारीलाई सम्मान–पत्र प्रदान गरिएको छ । भण्डारीले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अध्यक्ष, नेपाल बैंकर्स संघको अध्यक्ष, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक लगायत अन्य विभिन्न ओहोदामा रही आर्थिक, मौद्रिक, बैंकिङ तथा वित्तीय क्षेत्रको विकास र सुधार कार्यक्रमलाई अगाडि बढाउन र समन्वय गर्नका लागि योगदान पु¥याएका छन् ।
यसैगरी गएको एक वर्षमा बैंकिङ क्षेत्रबाट बिदा भएका रत्नराज बज्राचार्य र किरणकुमार श्रेष्ठलाई योगदानको कदर गर्दे सम्मान पत्र प्रदान गरिएको छ । संघका निवर्तमान अध्यक्ष सुनिल केसीले आफ्नो कार्यकालमा भएका गतिविधिको जानकारी दिंदै सहभागीलाई स्वागत गरेका थिए । नेपाल बैंकर संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले सहभागीलाई धन्यवाद दिएका हुन् ।
Comments are closed.