पाल्पा अस्पतालमा अप्रेसन कक्षका लागि भवन निर्माण हुँदै

पाल्पा । पाल्पा अस्पतालमा अप्रेसन कक्षका लागि भवन निर्माण हुने भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुको पहलमा विनियोजित बजेटबाट अस्पतालमा अप्रेसन लगायतका थप सेवा दिन भवन निर्माण हुने भएको हो ।

मन्त्री सारुले पाल्पा अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाह सुधारका लागि ५० लाख रुपैंया बजेट विनियोजन गरेका छन् । सोही बजेटबाट अस्पतालले भवन निर्माणका लागि ठेक्का खुलाएको छ । अस्पतालले ६९ लाख ६७ हजार १४५ रुपैंया ६६ पैसा स्टिमेटको ठेक्का खुलाएको छ ।

पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले यस बजेटले ओपीडी सेवा विस्तार र अप्रेसन कक्ष निर्माण गर्ने योजना बनाएको बताए । अध्यक्ष आत्रेयले भवन बनेपछी अस्पतालको सेवा प्रवाह थप सहज हुने उनी बताउँछन् ।

अस्पतालको श्रोत र साधनको उच्चतम प्रयोग गर्दै गुणस्तरिय सेवा प्रवाहमा अस्पताल विकास समिति लागिपरेको उनले जनाए । आत्रेयले अस्पतालको सेवा प्रवाह प्रति सर्वसाधारण नागरिकहरुको विस्वास बढ्दै गइरहेको बताउँदै अझ राम्रो गर्ने प्रयास गरिरहेको बताएका छन् ।

You might also like

Comments are closed.