नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्ला ५ कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ६ दशमलव ५४ अङ्कले बढेर २ हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।

आज २९९ कम्पनीका १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता शेयर ७२ हजार ९४ पटक खरिदबिक्री हुँदा रु ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० बराबरको कारोबार भएको छ । विकास बैङ्क समूह २ दशमलव ३७, जलविद्युत् १ दशमलव ५७, लगानी ० दशमलव ४८, उत्पादन तथा प्रशोधन ० दशमलव ०१ र म्युचुअल फन्ड ० दशमलव ५२ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ ।

बैङ्किङ ० दशमलव २०, वित्त ० दशमलव २९, होटल तथा पर्यटन ० दशमलव ४७, जीवन बीमा ० दशमलव ०८, लघुवित्त ० दशमलव ०४, निर्जीवन बीमा ० दशमलव ४३, व्यापार १ दशमलव ०५ र अन्य समूह ० दशमलव ०१ प्रतिशतले घटेको छ । सिक्लेस हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको रु ३६ करोड ८१ लाख ८२ हजार ८९८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआइसी एसिया ग्रोथ फन्डको सबैभन्दा धेरै ७ लाख १२ हजार १०० कित्ता शेयर किनबेच भएको छ ।

You might also like

Comments are closed.