काठमाडौं । कृषि क्षेत्रको विकासमा सघाउन नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आउँदो फागुन २, ३ र ४ गते सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो २०८१ हुँदैछ ।
मिडिया स्पेस सोलुसन्स प्रालि, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले संयुक्त रुपमा एक्स्पो आयोजना गर्न लागेको हो । नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीको प्रदर्शनी स्टल रहनेछ ।
प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवद्र्वकको मुख्य भुमिकाको रुपमा रहेको छ भने सहयोगी संस्थाहरुमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास वोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तथा राष्ट्रिय कृषक समुह महासंघ नेपाल रहेका छन् ।
प्रदर्शनीमा कृषि कर्मलाई सहज बनाउन मद्धत पु¥याउने साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणको प्रदर्शनी हुनेछ । यसले नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजकको दाबी छ ।
सबैको लागि निशुल्क प्रवेशको रहेको छ । प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाको पहिचान गर्न मद्धत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । कृषिका विभिन्न विधाहरु जस्तैः कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी प्राप्त गर्न सकिनेछ ।
मुख्य प्रदर्शनीस्थलमा सबै बिधाका अलग–अलग समूह स्टल रहनेछन् । मेला अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरी व्यवस्था मिलाइएको छ । यसलाई ‘प्रदर्शनी भित्रको प्रदर्शनी’ पनि भन्न सकिन्छ ।
प्रदर्शनीमा देशैभरीका अगुवा किसान, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, नीति निर्माता, व्यवसायी, उद्यमी, व्यापारी, आयातकर्ता, निर्यातकर्ता, सरकारी तथा गैर–सरकारी संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी, शिक्षण संस्था लगायत सहभागी हुनेछन् ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र राष्ट्रिय कृषक समुह महासंघको विशेष पहलमा किसानले प्रदर्शनीको अवलोकन गर्नेछन् । प्रदर्शनीमा देशभरीबाट धेरै उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिको उपस्थितीले आधुनिक प्रविधिको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्नेछ ।
Comments are closed.