काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई दूरसञ्चार सेवामा सहज, सुलभ प्याकका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा परिवर्तन ल्याउन नयाँ प्रिपेड सेवा ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा ल्याएको छ । सधैं अन प्याकको सफलतापछि सञ्चालनमा ल्याइएका रिन्यूअल प्याकमार्फत ग्राहकले बिना कुनै बाधा महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवाको फाइदा लिन सक्छन् ।
रिन्यूअल प्याकको उद्देश्य नेपाली ग्राहकलाई तुलनात्मक रुपमा महंगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स–साना प्याकहरु प्रतिको निर्भरता हटाएर सधैं अन अर्थात् कनेक्टेड रहन सक्षम बनाउनु हो । यी प्याकको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टक टाइम र एसएमएस खेर नजाने रहेको छ । यसको अर्थ त्यस्ता सेवा, सुविधाहरु अर्को महिनाका सेवा, सुविधामा थप हुने व्यवस्था रहेको छ । यी प्याकलाई सजिलै एनसेल एपमार्फत वा एष्ट्रिक्स १२३ एष्ट्रिक्स ९ ह्यास डायल गरेर वा नजिकको एनसेल रिटेलर स्टोर अर्थात् प्वाइन्ट अफ सेल्समा गएर खरिद गर्न सकिन्छ ।
सधैं अन रिन्यूअल प्याक अर्थात हरेक महिना ३० दिनमा नविकरण हुने यी प्याकहरुमा ग्राहकले पुरै एक महिनाको समय सीमा सहित सेवा पहुँचबाट फाइदा लिन सक्छन् । यसमा साधारण सधैं अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढिको समयावधि रहेको छ । यी प्याकमा युट्युबमा अनलिमिट्ड भिडियो स्ट्रिमिङ सुविधा, रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्रीहरु डाउनलोड गर्न अनलिमिटेड नाइट डेटाको सुविधा रहेको छ । केही प्याकमा ग्राहकले आफ्ना परिवारजन, साथीभाइ, र सहकर्मीसँग महिनाभर जतिपनि कल गर्न मिल्ने अनलिमिटेड अल नेपाल टक टाइमको सेवा पाउँछन् ।
एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले आजको डिजिटल परिप्रेक्ष्यमा, सहज कनेक्टिभिटी कार्यलयदेखि व्यक्तिगत कार्यहरु, शिक्षा, मनोरञ्जन र सोसल मिडियामा अन्तरक्रिया लगायतका लागि अत्यन्त आवश्यक रहेको बताए । सधैं अन रिन्यूअल प्याकहरू उच्च गतिको इन्टरनेट र निरन्तर सेवाको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले ध्यानपूर्वक डिजाइन गरिएको उनले जनाएका छन् । ग्राहकलाई कुनै पनि अवरोध बिना कनेक्टेड रहन सहयोग गर्दछ र यी प्याकले अत्यन्तै सुलभ शुल्कमा अनलिमिटेड कल, सहज, निरन्तर डेटामा पहुँच प्रदान गर्न, ग्राहकलाई निर्धक्क भएर बिना कुनै अतिरिक्त शुल्कको चिन्ता सेवा लिन, विभिन्न जानकारीमा आफ्नो पहुँच सुनिश्चित गर्न र डिजिटल सामग्रीबाट फाइदा उठाउन मद्दत पुर्याउनेछ ।
फोनमार्फत भिडियो स्ट्रिमिङ, सोसल मिडिया होस् वा म्यासेजिङका लागि होस् वा रिमोट वर्कका लागि होस्, ग्राहकले आफ्नो बजेट अनुसार उपभोक्तामैत्री शुल्कमा पुरा महिना डिजिटल अनुभव लिएर सधैं अन रहन यी प्याकहरुले मद्दत गर्दछ । रिन्यूअल प्याक अन्तर्गत एनसेलले बेस्ट रिन्यूअल प्याक, अनलिमिटेड प्याक र अन्य भ्वाइस र डेटा रिन्यूअल गरी ३ प्रकारका प्याकहरू सञ्चालनमा ल्याएको छ । पहिलो बेस्ट अन्तर्गत कर सहित मासिक रु. ३९९, रु. ४९९, र रु. ५९९ का प्याकहरु रहेका छन् । यसमा भ्वाइस, डेटा र एसएमएस साथै अनलिमिटेड युट्युव, अनलिमिटेड नाइट डेटा समावेश छन् । प्याकअनुसार यसमा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्मको डेटा, ३९९ देखि ५९९ मिनेटसम्मको अल नेपाल टक टाइम र ३९ देखि ५९ वटा अल नेपाल एसएमएस प्राप्त गर्छन् ।
दोस्रोमा अनलिमिटेड रिन्यूअल प्याक अन्तर्गत कर सहित रु. ७९९, रु. ९९९, र रु. १,४९९ का प्याकहरु समावेश रहेका छन् । यी प्याकहरुमा ग्राहकले कुनैपनि नेपाली नेटवर्कमा कल गर्न सकिने अनलिमिटेड अल नेपाल टक टाइम, अनलिमिटेड यूट्युब, अनलिमिट्ड नाइट डेटाका साथै प्याकअनुसार ३० जीबीदेखि १०० जीबीसम्मको डेटा र ७९ देखि १४९ वटा अन नेपाल एसएमएस सेवा प्राप्त गर्दछन् । त्यसैगरी तेस्रो रिन्यूअल सेवा अन्तर्गत डेटा र भ्वाइसमात्र पाइने प्याकहरु रहेका छन् । उदाहरणका लागि एनसेलका रु. १९९ देखि रु. ४४९ सम्मका लोकप्रिय भ्वाइसहरु रहेका छन् । त्यसैगरी डेटामा रु २९९ बाट शुरु हुने प्याकहरु समावेश छन् ।
एनसेलले रिन्यूअल अर्थात् नवीकरण ग्राहकका लागि अप्रत्याशित नहोस् भनेर प्याक खरिदको प्रक्रियालाई ध्यानपूर्वक डिजाइन गरेको छ, जसले गर्दा ग्राहकले रिन्यूअल अर्थात् नवीकरणको समयबारे अग्रिम जानकारी पाउँछन् । साथै, नवीकरण समय आउनु अघि नै ग्राहकले नियमित रुपमा प्याकहरु खरिद गर्ने विकल्प पनि पाउँछन् ।
Comments are closed.