पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यालयले कृषकलाई लहरे बालीको बीउ वितरण गरेको छ । वडा कृषि सञ्जालमार्फत वडाभित्र रहेका किसानलाई हस्तान्तरण हो ।
कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समुह, टोल विकास संस्था र कृषि समुहलाई लहरे तरकारी बालीको बीउ हस्तान्तरण गरिएको कृषि सञ्जाल पोखरा– ३१ का अध्यक्ष केशवराज तिवारीले जानकारी दिए ।
न्यु नारायणी जातको घिरौला, भक्तपुरे लोकल कॉक्रो, पाली जातको करेला, डबल हार्भेष्टको तुने बोडी, प्रकासे बोडी, घ्यु सीमी, लौका र चिफ्ले भिन्डी गरि १ लाख ५० हजार बराबरको बीउ वितरण गरिएको छ । ४८ वटा समुहलाई हस्तान्तरण गरिएको बीउ सोही समूहमार्फत हरेक कृषकको घर–घरमा पुर्याइएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कंडेलले किसानको जीवनस्तर उकास्नको लागि र जिविकोपार्जनमा सहयोग पुर्याउने बताएका छन् । कृषि सञ्जालका अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा कार्यालयका सुचना अधिकारी माधवराज तिमिल्सिनाले गरेका हुन् ।
Comments are closed.