नेप्से परिसूचक ३० अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मा ३० दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार र आज निरन्तर दोहोरो अङ्कले घटेको हो ।

एक दशमलव ०५ प्रतिशतको गिरावटपछि आज नेप्से परिसूचक २ हजार ८४६ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर १ लाख २२ हजार ३३६ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ १ दशमलव ०५, विकास बैङ्क ० दशमलव ३९, वित्त २ दशमलव १०, होटल तथा पर्यटन ० दशमलव ९७ र जलविद्युत् समूह १ दशमलव ०८ प्रतिशतले घटेको छ । त्यसैगरी लगानी १ दशमलव ७५, जीवन बिमा ० दशमलव ६९, उत्पादन तथा प्रशोधन २ दशमलव २१, लघुवित्त १ दशमलव ४१, म्युचुअल फन्ड ० दशमलव ५५, निर्जीवन बीमा १ दशमलव ११, व्यापार ० दशमलव ८४ र अन्य समूह ० दशमलव ०६ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छभने सिन्धु विकास बैङ्क लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको रु १ अर्ब ९ करोड ३० लाख ७८ हजार ९८३ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावर लिमिटेडको १३ लाख १७ हजार ८४२ कित्ता सेयर किनबेच भएको छ ।

You might also like

Comments are closed.