काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज पनि निरन्तरता पाएको छ । गत सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज २ दशमलव ७० अङ्कको गिरावट पछि २ हजार ८१८ दशमलव ४३ को विन्दुमा कायम भएको हो ।
आज ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता शेयर ९३ हजार ८९५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ ० दशमलव ०३, विकास बैंक १ दशमलव ८६, उत्पादन तथा प्रशोधन ० दशमलव २४ र लघुवित्त ० दशमलव ०५ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ ।
वित्त १ दशमलव २३, होटल तथा पर्यटन शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव शून्य छ, लगानी ० दशमलव १४ र जीवन बिमा ० दशमलव ८० प्रतिशतले घटेको छ । त्यस्तै, म्युचुअल फण्ड ० दशमलव १८, निर्जीवन बिमा ० दशमलव ०४, व्यापार ० दशमलव २४ र अन्य समूह ० दशमलव ७१ प्रतिशतले घटेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ने नविल डिबेन्चर–२०८२ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू १ अर्ब १२ करोड ८३ लाख ६२ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको १० लाख ६० हजार कित्ता शेयर किनबेच भएको छ ।
Comments are closed.