काठमाडौं । ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरी एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफल भएको छ । यो ४८ देशमा सञ्चालन भइरहेको छ ।
२०२४ मा लगातार तेस्रो वर्ष आफ्नो प्रभावशाली वृद्धिको गति कायम राखेको सेन्सर टावर फर्मले उल्लेख गरेको छ । इनड्राइभले ट्राभल र नेभिगेसन क्याटोगरीमा नेपालमा नम्बर १ स्थान प्राप्त गरेको छ, जसले बजारमा आफ्नो बलियो उपस्थिति र बढ्दो लोकप्रियतालाई सुदृढ बनाउँदै आएको छ । यो नेपालमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप बनेको हो ।
इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा विश्वव्यापी रूपमा पाँचौं सबैभन्दा धेरै डाउनलोड गरिएको एपको रूपमा पनि स्थान पायो । इनड्राइभ एप २०२४ को डिसेम्बर महिनामा मात्रै ६१ लाख भन्दा बढी पटक डाउनलोड गरिएको थियो । पियर–टु–पियर मूल्य निर्धारण मोडेलको साथ, इनड्राइभले विश्वका ८८८ शहरमा उत्कृष्ट सवारीको लागि उचित मूल्य प्रदान गर्दै आएको छ । साथै चालकको लागि उचित कमाईका अवसरहरू प्रदान गरेको छ ।
गत वर्ष, इनड्राइभले चालकलाई मद्धत गर्नका लागि ऋण दिने कार्यलाई अझ बढी पहुँचयोग्य बनाउन मेक्सिको र कोलम्बियामा आफ्नो वित्तीय सेवा “इनड्राइभ.मनी” को परीक्षण सुरु गरेको थियो । इनड्राइभ.मनी सन् २०३० सम्ममा कम्तिमा १ अर्ब मानिसको जीवन सुधार गर्ने इनड्राइभको व्यापक मिशनसँग मेल खान्छ । यो सेवालाई यस वर्षको अन्त्यमा थप बजारमा विस्तार गर्ने तयारी गरिएको छ ।
यसका साथै, इनड्राइभ सन् २०२४ मा यात्रा श्रेणीमा नेपाल, इजिप्ट, मोरक्को, पनामा र जमैका सहित ११ बजारमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप भएको थियो । राइड–हेलिङ र वित्तीय सेवाको अतिरिक्त, इनड्राइभले सिटी टू सिटी, फ्रेट, कुरियर, र डेलिभरी सेवाहरु प्रदान गर्दछ ।
इनड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टम्स्कीले विश्वभर दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एपको रूपमा आफ्नो स्थान कायम राख्नु इनड्राइभको लागि उपलब्धि रहेको बताए ।
Comments are closed.