स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने बताएका छन् । आज जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको भवन शिलान्यास गर्दै उनले तत्काललाई आफ्नो ध्यान एसइईलाई मर्यादित बनाउनमा केन्द्रित भएको बताएका हुन् । तर स्वास्थ्य क्षेत्र सुधार अभियान नरोकिने उनको भनाइ छ ।

सो अवसरमा मुख्यमन्त्री सिंहले यातायात जस्तो व्यस्त सेवा प्रदायक कार्यालयको आफ्नै भवन नभएको अवस्थामा यो सुखद् सन्दर्भ रहेको बताउँदै यातायात कार्यालयका गलत गतिविधि बन्द गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिए । त्यसैगरी मधेश प्रदेशकै श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले यातायात क्षेत्रका बिचौलिया गतिविधि र दुरुपयोग रोक्न ‘अटोमेटिक ट्रयाल सेन्टर’सहितको कार्यालय भवन बन्न लागेको जानकारी दिएका छन् ।

कार्यालयको भवनका लागि सीताकुण्डका महन्त राम नरेश दासले एक बिघा जग्गा दान गर्नुभएको छ । मुख्यमन्त्री सिंह, श्रम तथा यातायातमन्त्री राय, यातायात कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले संयुक्त रुपमा हिन्दु विधिअनुसार भवन निर्माणस्थलको पूजन गरेका थिए । रासस

You might also like

Comments are closed.