शुक्रवार रातिदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध हुने

काठमाडौं । नेपाल टेलिकमले आज शुक्रवार रातिदेखि सेवा अवरुद्ध हुने जनाएको छ ।

फाइवर टु द होम (एफटीटीएच) नेटवर्कको आन्तरिक मर्मत सम्भार तथा स्तरोन्नति कार्य गर्नुपर्ने भएकाले राति ९ बजेदेखि भोली शनिबार बिहान ७ बजेसम्म सेवा अवरुद्ध हुने टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार दूरसञ्चार कार्यालय सुन्धारा अन्तर्गतका ठहिटी, असन, भेंडासिंह, इन्द्रचोक, महाबौद्ध, किलागल क्षेत्रमा मर्मत गर्नु परेकाले टेलिफोन, इन्टरनेट र टीभी सेवा अवरुद्ध हुनेछ ।

शनिबार ७ बजेसम्म पनि सेवा सुचारु नभएमा ०१५७००१०० वा १९८ मा सम्पर्क गर्न टेलिकमले अनुरोध गरेको छ ।

You might also like

Comments are closed.