पोखरा । स्कुटर र मोबाइल चोरी गरेको आरोपमा २ जना बालक पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका विभिन्न स्थानहरुबाट विभिन्न समयमा चोरी भएका विभिन्न ब्राण्डका मोबाइल ८ थान तथा ग १२ प ८५५५ नं. को सेतो कालो स्कुटरचोरी गर्ने कार्यमा संलग्न वर्ष १७ का २ बालक पक्राउ परेका छन् ।
चोरी गरी लुकाई छिपाई राखेको मोबाइल र स्कुटर सहित उनीहरुलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बडाइएको प्रहरीले जनाएको छ ।
Comments are closed.