काठमाडौं । काठमाडौंको कमलादीस्थित आईटी प्लाजामा ‘आईटी प्लाजा महोत्सव २०८२’ हुने भएको छ । विभिन्न विद्युतीय उपकरण तथा डिभाइसका ब्राण्डेड स्टोरहरु एकै स्थानमा रहेको यस प्लाजामा बैशाख १८ देखि महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवमा ग्राहकले विभिन्न ल्यापटप, मनिटर, प्रोजेक्टर लगायत अन्य विभिन्न विद्युतीय सामग्रीमा ८० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । एसर, डेल, लेनोभो, असुस, एमएसआई लगायत लजिटेक, प्रोलिंक, थर्मल टेक जस्ता ब्राण्डका सामग्रीमा छुट रहेको बताइएको छ ।
यहाँ नियो स्टोर, आईटीटीआई, टीएस इन्टरनेसनल, अनलाइन आईटी, ईभो स्टोर, बोस होम अप्लायन्सेस, म्याक्स इन्टरनेसनल र इनफाइनाइट सोलुसन्स लगायतका स्टोरहरु छन् । महोत्सव अवधिभर यी स्टोरमा विभिन्न सामग्री खरिद गर्दा एक जना ग्राहकले ‘लक्की ड्र’ मार्फत् एसर नाइट्रो भी १५ गेमिङ ल्यापटप जित्ने मौका पाउनेछन् ।
साथै भिजिट गर्दा दैनिक ५ जना भाग्यशाली भिजिटरले फोटो कन्टेस्टमार्फत विभिन्न गिभअवे प्राप्त गर्न सक्नेछन् । यो अफर आउँदो बैशाख २४ गतेसम्म चल्नेछ । सो अवधिभर आईटी प्लाजामा विभिन्न ब्राण्डका सामग्री खरिद गर्दा ‘लक्की ड्र’ सहभागी हुन समेत सकिनेछ ।
विजेताको घोषणा भने बैशाख २९ गते आईटी प्लाजाको सामाजिक सञ्जाल तथा प्लाजाको इन–बिल्डिङ डिस्प्लेमार्फत गरिने जनाइएको छ ।
Comments are closed.