काठमाडौं । एन.आइ.एम.बि.स्टक मार्केट्स लिमिटेडले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । शेयर कारोवारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताको लागि उपलब्ध छ ।
नयाँ नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमको सुरुवातसँगै, एन.आइ.एम.बि. स्टक मार्केट्सले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ । यस प्रणालीमार्फत लगानीकर्ताले अनलाइनबाट शेयर खरिद तथा बिक्रि गर्दा वास्तविक समयमा अर्डर राख्न सकिनेस Real-time order placement and portfolio tracking सुविधा तथा मोबाइल उपकरणमा पनि सजिलो पहुँच रहेको छ ।
एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर हो । जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोवारको सेवा प्रदान गर्दै आएको छ । ग्राहक केन्द्रीत सेवा र प्रविधिको सशक्त प्रयोगमार्फत नेपालको पूँजी बजारको विकासमा महत्वपूर्ण योगदन पु¥याउँदै आएको छ ।
Comments are closed.