काठमाडौं । ब्रोडवे इन्फोसिसले आईटी कोर्षमा विद्यार्थीलाई छुट दिने भएको छ ।
विगत एक दशकदेखि आईटी तालिम प्रदान गर्दै आएको यस इन्फोसिसले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई आफ्ना सबै आईटी कोर्षमा १८ प्रतिशत छुट दिने जनाएको छ ।
ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले नयाँ सीप सिक्न चाहने र आईटीमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै छुट अफर ल्याएको बताए ।
काठमाडौंको तीनकुनेमा रहेको ब्रोडवे इन्फोसिसले प्रोग्रामिङ, साइबर सुरक्षा, एआई, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, पाइथन, इथिकल ह्याकिङ लगायतका आईटी ट्रेनिङहरू प्रदान गर्दै आएको छ ।
Comments are closed.