काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले महिला सशक्तिकरण, सामाजिक न्याय र समुदायमा आधारित परिवर्तनलाई केन्द्रमा राख्दै निर्माण गरिएको एक सशक्त नेपाली वृत्तचित्रको समर्थन गर्न पाएकोमा आत्मसन्तुष्टि व्यक्त गरेको छ ।
यो सहकार्यले इनड्राइभको कोर भ्यालू –निष्पक्षता, समानता र समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँछ । समाजमा निहित असमानतासँग लड्न र प्रत्येक व्यक्तिलाई अवसरमा पहुँच दिलाउन इनड्राइभले प्रारम्भदेखि नै निष्पक्षता, सशक्तिकरण र वास्तविक कथाहरूको प्रवद्र्धन गर्दै आएको छ ।
यही सिद्धान्तअनुरूप, यस वृत्तचित्रको समर्थनले स्थानीय समुदायका प्रेरणादायी कथालाई विश्वमाझ पुर्याउँदै, समतामूलक समाज निर्माणको दिशामा योगदान पुर्याउने विश्वास इनड्राइभले लिएको छ । समतामूलक पहुँच र न्यायको जगमा निर्माण गरिएको इनड्राइभको यात्रामा यस्ता सशक्त स्थानीय कथाले अझ प्रेरणा दिनेछन् र समुदायमा वास्तविक परिवर्तन ल्याउनका लागि मार्गदर्शन गर्नेछन् ।
चलचित्र मार्फत आवाजलाई सशक्त बनाउने अभियान
कथा–वाचन (स्टोरीटेलिङ) एक शक्तिशाली माध्यम हो, जसले समुदायबीच जागरूकता फैलाउने मात्र होइन, परिवर्तनको वकालत गर्ने प्लेटफर्मसमेत प्रदान गर्छ । विशेषगरी, नेपालसहितका विभिन्न देशमा, महिलाले विभिन्न सामाजिक र सुरक्षा सम्बन्धी चुनौतीको सामना गरिरहेका छन्, र वास्तविक जीवनका कथाले साहस, संघर्ष, र सफलताको प्रेरणादायी यात्रा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
स्थानीय आवाजलाई बुलन्द पार्ने र न्यायको पक्षमा दृढतापूर्वक उभिने उद्देश्यका साथ, इनड्राइभले नेपालमा महिलाले भोगेका सुरक्षा चुनौतीहरू र उनीहरूले हासिल गरेका महत्वपूर्ण उपलब्धिलाई उजागर गर्ने वृत्तचित्रलाई समर्थन गर्दै आएको छ । यस पहलले नारी सशक्तिकरणलाई अगाडि बढाउँदै त्यसका साथमा हुने संघर्ष र जितलाई विश्वसामु प्रस्तुत गर्न सहयोग पुर्याउँछ । इनड्राइभको यो अभियान समुदायमा सकारात्मक परिवर्तनको लागि आवाज उठाउने, समानताको पक्षमा दृढतापूर्वक उभिने, र स्थानीयस्तरमा भएका क्रियाकलापलाई थप प्रेरणा प्रदान गर्ने दीर्घकालीन प्रतिबद्धताको एक हिस्सा हो ।
कम्पनीले महिला सुरक्षाको क्षेत्रमा मात्र नभई, समुदायको हकहित र अधिकार सुनिश्चित गर्नका लागि पनि सामाजिक अभियानलाई निरन्तरता दिँदै आएको छ । वृत्तचित्रमार्फत प्रस्तुत गरिने यी कथाले नारीको आत्मविश्वास, संघर्ष र सफलतालाई सम्मानपूर्वक प्रस्तुत गर्दै, अन्यलाई पनि परिवर्तनको पक्षमा उभिन र सशक्त बन्न प्रेरित गर्नेछ ।
नवीनता र प्राविधिक उत्कृष्टताको दिगो समर्थन
इनड्राइभले वृत्तचित्रमा मात्र सीमित नभई रचनात्मकता र प्राविधिक नवीनतालाई प्रोत्साहन गर्ने विभिन्न प्लेटफर्मलाई निरन्तर समर्थन गर्दै आएको छ । इनड्राइभद्वारा आयोजित ‘अल्टरनेटिभा फिल्म अवार्ड’ यसको उदाहरण हो । जहाँ परम्परागत धारणालाई चुनौती दिने र नदेखाइएका कथाहरू उजागर गर्ने स्वतन्त्र फिल्मलाई विशेष अवसर प्रदान गरिन्छ ।
यस पहलले कलात्मक अभिव्यक्तिलाई सामाजिक परिवर्तनको शक्तिशाली माध्यमको रूपमा प्रयोग गर्दै, फरक दृष्टिकोण र कथाहरूलाई विश्वव्यापी मञ्चमा पुर्याउँछ । हालै सम्पन्न भएको इन्डोनेसियाको योगाकार्तामा आयोजित अल्टरनेटिभा फिल्म अवार्डमा नेपालबाट समेत उत्कृष्ट वृतचित्र तथा फिल्महरु सर्टलिस्टमा समावेश हुनु इनड्राइभको यो अभियानको महत्वपूर्ण उपलब्धि हो ।
इनड्राइभले सिर्जनात्मकता मात्र नभई प्राविधिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यसैको प्रमाणस्वरूप, इनड्राइभले ‘अरोरा टेक अवार्ड‘ मार्फत प्रविधिमा सक्रिय रहेका महिला इनोभेटरलाई सम्मान गर्दै आएको छ । यो अवार्डले नारी सशक्तीकरण र लैङ्गिक समानतालाई प्रोत्साहित गर्दै, प्रविधिमा महिलाको पहिचान र योगदानलाई उच्च सम्मान प्रदान गर्दछ। इनड्राइभको यो अभियानले डिजिटल वल्र्डमा महिलाहरूको पहुँचलाई विस्तार गर्दै सामाजिक प्रगतिमा थप प्रेरणा दिन्छ ।
इनड्राइभका यी पहलमार्फत सिर्जनात्मकता, प्राविधिक उत्कृष्टता र सामुदायिक विकासलाई एकैसाथ अघि बढाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यलाई पनि मजबुत बनाएको छ । इनड्राइभ एशिया प्यासिफिक (एपीएसी) क्षेत्रका पब्लिक पोलिसी एण्ड रिजनल अफेयर्सका हेड एन्टोन एम्ब्रोसले भने, ‘इनड्राइभ, असमानतालाई चुनौती दिने सिद्धान्तमा आधारित प्लेटफर्म हो, नेपाली महिलाको जीवनसंघर्ष र शक्तिलाई यथार्थपरक रूपमा प्रस्तुत गर्ने यस प्रेरणादायी वृत्तचित्रलाई समर्थन गर्न पाउँदा हामी अत्यन्त गर्व महसुस गर्दछौं ।
महिलाले देखाएको सौहार्दता, साहस र सम्मानको लागि गरेको संघर्ष इनड्राइभको निष्पक्षता र समानताको मिशनसँग गहिरोरुपमा जोडिन्छ । हामी विश्वास गर्छौं कि यस्ता कथाले समाजमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्दछ । इनड्राइभले नेपाली फिल्म निर्माताहरूलाई अन्तर्राष्ट्रिय स्तरको ‘अल्टरनेटिभा फिल्म अवार्ड‘ मा भाग लिन प्रोत्साहन गर्दै आएको छ, जसले उनीहरूको सिर्जनशीलता र कथनशैलीलाई विश्वसामु प्रस्तुत गर्ने अवसर प्रदान गर्छ । साथै, नेपाली महिला उद्यमीलाई ‘अरोरा टेक अवार्ड‘ मा सहभागी भई आफ्नो नवीन सोच र क्षमतालाई प्रवद्र्धन गर्न पनि प्रेरित गर्दै आएको छ ।‘
यस वृत्तचित्रले केवल चलचित्रको रूपमा सीमित नरही, स्थानीय कथा वाचनको महत्त्व र समुदायिक नेतृत्वमा आधारित पहलको एक शक्तिशाली प्रमाण प्रस्तुत गर्दछ । यसले समाजमा भइरहेको परिवर्तनशील गतिविधिलाई उजागर गर्दै, सामुदायिक समस्याको समाधानका लागि स्थानीय नेतृत्वलाई प्रोत्साहन गर्दछ । इनड्राइभले नेपाल लगायत अन्य विभिन्न देशहरूमा पनि यस्ता प्रेरणादायी अभियानहरूलाई समर्थन गर्दै, जनचेतना अभिवृद्धि, निरन्तर संवाद र सकारात्मक कार्यको लागि प्रेरित गर्ने लक्ष्य लिएको छ ।
यो पहलले स्थानीय स्तरमा मात्र नभई अन्तर्रााष्ट्रिय मञ्चमा समेत सशक्त समुदाय निर्माणको संदेश प्रवाह गर्ने अपेक्षा राखिएको छ।इनड्राइभले समुदायमा आधारित यस्ता अभियानमार्फत सामाजिक न्याय, महिला सशक्तिकरण र सामुदायिक नेतृत्वलाई ससक्तरुपमा अगाडि बढाउँदै आएको छ। यस किसिमका गतिविधिले सामाजिक सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन रुपमा सकारात्मक परिवर्तनको बाटो तयार पार्ने विश्वास लिएको छ ।
Comments are closed.