काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले करिब २ लाख ५० हजार कित्ता संस्थापक शेयर खुला बिक्रीमा राखेको छ। कम्पनीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २,४९,७७३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको जानकारी दिएको हो।
उक्त शेयर कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको बताइएको छ। यसअघि संस्थापकहरूकै सीमित दायरामा बिक्री प्रक्रिया अघि बढाइएको भए पनि आवश्यक आवेदन नआएपछि विद्यमान संस्थापक, अन्य व्यक्ति तथा संस्थाहरूका लागि समेत खुला गरिएको हो।
शेयर खरिद गर्न इच्छुक व्यक्तिले असार १५ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन्।
सानिमा रिलायन्सले शेयर बिक्री प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनका लागि यो कदम चालेको जनाएको छ। शेयर बिक्री सम्बन्धी थप जानकारी कम्पनीको वेबसाइट वा कार्यालयमार्फत प्राप्त गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ।
Comments are closed.