१ करोड बम्पर पुरस्कारसहित एनसेलले ल्यायो ‘सधैं अन करोडपति’ योजना

काठमाडौं । अब एनसेलको सधैं अनले ग्राहकलाई सम्पर्कमा रही रहन र सुलभ शुल्कमा अनलाइन रहनमात्र सक्षम बनाउँदैन । एनसेलले आफ्ना ग्राहकका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ, जसअन्तर्गत ग्राहकले रु १ करोडको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् ।

यो योजना यत्तिमा मात्रै सीमित छैन । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही रु १ लाख नगर पुरस्कार जित्नेछन् । यो साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म जारी रहनेछ । त्यसको साथै, यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्दछन्, जसले गर्दा यो योजना सबैका लागि हात खालि नजाने योजना बनेको छ ।

‘सधैँ अन करोडपति’ योजना असार १गते देखि लागू भएको छ । यो १२ हप्तासम्म सञ्चालन हुनेछ । यो योजनामा सहभागी हुन ग्राहकले कम्तीमा रु ९९ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ । यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ ।

यो मनसुनमा एक दशकभन्दा लामो समयपछि ठूलो योजना सञ्चालनमा ल्याएको एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले बताए । रु १ करोडको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकाले योजना विशेष बनेको उनी बताउँछन् । ग्राहकले *१२३# डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवाहरु लिन सक्छन् ।

त्यसैगरी एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ । हरेक रु ९९ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन् । यदि ग्राहकले रु ४९९ बराबरको सेवा खरिद गर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्नेछन् । यसको मतलब प्याकको मूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ ।

ग्राहकलाई सेवा खरिद पश्चात उनीहरुले पाएको आफ्नो टिकट हेर्न सकिने लिङ्क तुरुन्तै एसएमएसमार्फत पठाइनेछ । एनसेल एपमार्फत, *९९९९# डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफुले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको छ ।

यस योजनाको अर्को विशेषता भनेको रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो । उदाहरणका लागि, सामान्य रूपमा रु ९९ को सेवा वा प्याक खरिद गर्दा १ वटा टिकट प्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले २ वटा टिकटहरु प्राप्त गर्दछन् । कुनैपनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहक यस योजनामा सहभागी हुन योग्य छन् ।

पोस्टपेड प्रयोगकर्ताले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा जारी हुन्छन् । यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६ः३० देखि ७ः०० बजेको समयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिनेछन् ।

नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेतालाई सिधैं सम्पर्क गर्नेछ । थप जानकारीका लागि ग्राहकले ९९९९ डायल गर्न सक्छन् वा नजिकको एनसेल सेन्टरमा जान सकिने बताइएको छ ।

You might also like

Comments are closed.