रामतुलसी नमुना मावि खेलमैदानमा वृक्षरोपण

रामपुर (पाल्पा) । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरको खेलमैदानमा वृक्षरोपण गरिएको छ । नेपाल औषधी व्यवसायी संघ रामपुरले वृक्षरोपण गरेको हो । संघले फूल, फलफूल तथा सौन्दर्यता प्रदान गर्ने विरुवा लगाएको हो ।

वृक्षरोपण कार्यक्रमको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले शुभारम्भ गर्दै वृक्षरोपणले पर्यावरण संरक्षणसँगै खेलमैदानको सौन्दर्यमा टेवा पुग्ने बताए । रामतुलसी नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले खेलमैदानको सौन्दर्यका लागि औषधी व्यवसायी संघले चालेको कदमको प्रशंसा गर्दै विद्यालयको तर्फबाट धन्यवाद दिए ।

हरियाली प्रवद्र्धन र वातावरण संरक्षणका लागि वृक्षरोपण कार्यक्रम गरिएको नेपाल औषधी व्यवसायी संघ रामपुरका अध्यक्ष निरोज श्रेष्ठले बताए । जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित रामतुलसी नमुना माध्यमिक विद्यालयसँग समन्वय गरी वृक्षरोपणको कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष इश्वरी बिसीले जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम भएको बताए ।

You might also like

Comments are closed.