नेपाल जेसीजले टेक्सास एजुकेशनल नेटवर्क र टेक्सास कलेज अफ म्यानेजमेन्टसँग सहकार्य गर्ने

काठमाडौं । नेपालको अग्रणी युवा संस्था नेपाल जेसीजले टेक्सास एजुकेशनल नेटवर्क र टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीसँग दुई महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

‘घरमै बसेर IT Professional बन्ने अवसर–सबैका लागि डिजिटल पहुँचको अभियान’ भन्ने मुख्य नाराका साथ नेपालको ग्रामीणदेखि शहरी शाखासम्म सूचना प्रविधिमा आत्मनिर्भर युवा उत्पादन गर्ने राष्ट्रिय योजना रहेको छ ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल जेसीजका गतिशील राष्ट्रिय अध्यक्ष व्ऋक्ष् क्भलबतयच राजनी थापा, राष्ट्रिय उपाध्यक्ष जेसी दिपक अधिकारी, टेक्सास एजुकेशनल नेटवर्कका डा.सुमन थपलिया, टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीका शैक्षिक समन्वयक इन्जिनियर रोहित पाण्डे, जेसीआई काठमाडौंका अध्यक्ष जेसी श्यामकुमार घिमिरे, जेसीआई इमाडोलकी अध्यक्ष जेसी श्रीजना श्रेष्ठ, टेक्सास कलेज अन्तर्गत बिसिएसबाट शैक्षिक समन्वयक दिपक अधिकारीसहित विभिन्न शाखाका पदाधिकारी एवं सदस्य सहभागी थिए ।

नेपाल जेसीज अन्तर्गत रहेका १८४ भन्दा बढी शाखालाई लक्षित गर्दै सूचना प्रविधिको सशक्तिकरण, जुममार्फत भर्चुअल र नजिकका शाखामा प्रत्यक्ष रूपमा प्रशिक्षणको व्यवस्था, प्रत्येक शाखामा कम्तीमा एक जना दक्ष आईटी अफिसर उत्पादन गर्ने दीर्घकालीन लक्ष्यका साथ समझदारी गरिएको छ ।

निःशुल्क एवं गुणस्तरीय डिजिटल तालिमहरु, साइबर सुरक्षा, पेशागत जीवनवृत्त लेखन, माईक्रोसफ्ट अफिस प्याकेज, वल्र्डप्रेसबाट वेबसाइट निर्माण तालिम एआई आधारित नयाँ प्रविधि प्रशिक्षण, कम्प्युटर नेटवर्कको आधारभूत संरचना र कार्यप्रणाली जस्ता समझदारी गर्नुका प्रमुख विशेषता रहेका छन् ।

नेपाल जेसीजले सन् २०२५/२०८१ लाई ‘Youth Empowerment through Technology’ भन्ने नाराका साथ अगाडि बढाउने दृष्टिकोण राखेको छ । आईटी तालिमका माध्यमबाट युवालाई डिजिटल दक्षता र रोजगारीको मार्गतर्फ प्रेरित गर्ने कार्यक्रम ऐतिहासिक बन्ने विश्वास लिइएको छ ।

यस तालिममा सहभागीलाई फ्रीलान्सिङ, स्टार्टअप विकास, सिभिल सर्भिस तयारी तथा निजी कम्पनीमा काम गर्न योग्य बनाउनेछ । यसले नेपाल जेसीसलाई टेक इनेबल्ड युवा संगठनको रूपमा थप उचाइमा पु¥याउनेछ ।

 

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.