वर्ल्डलिंक सङ्ग्रहालय स्थापना

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले वर्ल्डलिंक सङ्ग्रहालयको स्थापना गरेको छ । आफ्नो ऐतिहासिक उपलब्धि, प्रविधिमा पु¥याएको योगदान तथा संघर्षसहितको विगतलाई समेट्ने गरी वल्र्डलिंकले सङ्ग्रहालयको स्थापना गरेको हो ।

सङ्ग्रहालयमा वर्ल्डलिंकले स्थापना कालदेखि अहिलेसम्म, इमेल/इन्टरनेट, डायलअप, भी–स्याट, वायरलेस, इन्टरनेट तथा एफटीटीएच यात्रामा प्रयोग गरेका विभिन्न प्रविधियुक्त उपकरणहरू राखिएको छ । यी उपकरण र प्रविधि प्रयोगबाहिर गइसकेका छन्, तर ती नेपालको इन्टरनेट इतिहासको संस्मरणका लागि निकै महत्वपूर्ण छन् ।

इतिहास झल्किने यस्ता प्रविधिलाई एकै स्थानमा सुरक्षित र सङ्ग्रहित रूपमा राख्नु आफ्नो कर्तव्य र सामाजिक दायित्व पनि ठानेको जनाइएको छ । वर्ल्डलिंक सङ्ग्रहालयलाई अध्ययन, अवलोकन, अनुसन्धान लागि नै राखिएको हो । यो सङ्ग्रहालय भविष्यमा नेपालको इन्टरनेट प्रविधिको विकासक्रमको अध्ययन गर्ने र ज्ञान बटुल्ने साझा थलो बन्ने विश्वास कम्पनीको छ ।

यो कदमबाट नेपालमा सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी, अनुसन्धानकर्ता, इतिहासविद्, लेखक, सञ्चारकर्मी लगायतलाई विगतका प्रविधिहरू अवलोकन गर्न, सिक्न र बुझ्न सहयोग पुग्नेछ । यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राविधिक वर्गलाई इन्टरनेट प्रविधिको क्रमिक विकास तथा नेपालको डिजिटल यात्रामा वल्र्डलिंकको भूमिका बुझ्न महत्वपूर्ण आधार प्रदान गर्नेछ ।

वर्ल्डलिंकले देशका दुर्गम गाउँदेखि शहरसम्म इन्टरनेट सेवा पु¥याउँदै डिजिटल पहुँचलाई सरल बनाएको छ । यो सङ्ग्रहालय त्यही यात्राको प्रतिविम्ब हो, जसले नेपालमा प्रविधिको विकास र विस्तारमा वर्ल्डलिंकले पु¥याएको योगदानलाई अमर बनाउनेछ ।

सङ्ग्रहालयमा डायलअप् इन्टरनेटमा प्रयोग भएका उपकरण तत्कालिन कम्पुटर मोडेम वायरलेसमा पर्योग भएका डिस्क, तत्कालिन रुपमा प्रयोग भएका यफटिटियच का पुराना उपकरण राखिएको र सङ्ग्रहालय अबलोकन गर्न शुक्रबार १० बजे देखि ४ बजेसम्म कलेज अध्ययनरत विद्यार्थीलाई खुल्ला गर्ने किरणराज गौतमले जानकारी दिए ।

कम्पनीका अध्यक्ष दिलीप अग्रवालको प्रमुख आतिथ्यता र सह–संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालको विशेष उपस्थितिमा वर्ल्डलिंकको आफ्नै भवन कार्यालय परिसर, ललितपुर, कुसुन्तीमा यो सङ्ग्रहालय उद्घाटन गरिएको हो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.