आर्थिक आवाज
पोखरा । कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ, कास्की शाखाको १२ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन शुक्रबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले रुक्मागत भण्डारी (विश्वास)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
प्रथम उपाध्यक्षमा दुधमान गुरुङ (आशिष), द्वितीय उपाध्यक्षमा विकास भुर्तेल, सचिवमा सेवक क्षितिज, सहसचिवमा महेन्द्र भुर्तेल, कोषाध्यक्षमा विश्व प्रधान निर्वाचित भएका छन् । सदस्यहरुमा रुद्र न्यौपाने, दामोदर डुम्रे, ईश्वरराज चालिसे, दीपकराज गिरी, सुरेश सापकोटा, कुन्दन कुमार मल्लिक निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत ठाकुरप्रसाद अधिकारीले जानकारी दिए । अन्य निर्वाचन अधिकृतमा राजेन्द्रकुमार श्रेष्ठ र इविन्द्रराज तिवारी थिए ।
शुक्रबार नै बसेको शाखाको पहिलो बैठकले शवि शेरचन र सावित्री पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संस्थाका निबर्तमान अध्यक्ष युवराज पौडेल पदेन सदस्य रहने व्यवस्था छ ।
यसैगरी लेखा उपसमिति संयोजकमा मातृका पोखरेल, शिक्षा उपसमिति संयोजकमा दीनेश लामिछाने, प्रविधि विकास उपसमिति संयोजकमा राजेन्द्र शर्मा, सञ्चार उपसमिति संयोजकमा सुरेन्द्र पौडेल, पाठ्यक्रम तथा परीक्षा प्रणाली विकास उपसमिति संयोजकमा ईश्वराज चालिसे र तालिम व्यवस्थापन उपसमिति संयोजकमा निर्दोश डुम्रे मनोनित भएको नवनिर्वाचित अध्यक्ष भण्डारीले जानकारी दिए ।
यस अगाडि अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गरेका थिए । उक्त अवसरमा बोल्दै मन्त्री गुरुङले सूचना तथा प्रविधिको विकास बिना कुनै पनि क्षेत्रको विकास हुन नसक्ने बताएका थिए । नेपालमा प्रविधिको प्रयोग बढेपनि उत्पादन हुन नसकेको भन्दै उनले सूचना तथा प्रविधिको विकास र उत्पादनमा जोड दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा क्यान केन्द्रका सचिव तथा कास्कीका संस्थापक अध्यक्ष जगनबहादुर गुरुङ, पोखरा महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत गंगालाल सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, क्यान गण्डकीका उपाध्यक्ष तुलसी सुवेदी लगायतले बोलेका थिए ।
Comments are closed.