एआई नीति, २०८२ स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स(एआई) नीति, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पेस गरेको उक्त निर्णयलाई मन्त्रीपरिषद्को साउन २६ गते बसेको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आज बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सो जानकारी दिए । उनले मन्त्रीपरिषद्ले गरेका अरू निर्णय पनि पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

You might also like

Comments are closed.