अविरल वर्षासँगै सेतीमा बाढी आउँदा पुल जोखिममा

सुरेश पौडेल
तनहुँ । गत सोमबार रातिदेखि लगातर परेको अविरल वर्षाका कारण तनहुँका विभिन्न ठाउँ डुवानमा परेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ र ८ जोड्ने सेती नदी माथिको पुलसमेत डुबानमा परेको छ ।

बाढीले डुबाएसँगै उक्त पुल जोखिममा परेको छ । पुलको आधाभन्दा बढी लम्बाई बाढीले डुबाउँदा आवत जावत ठप्प भएको छ । बाढी कारण जोखिम बढेका ठाउँमा शतर्क रहन प्रहरीले आह्वान गरेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.