नेपालमा विश्वासिलो सम्बन्ध जोड्दै राकुटेन भाइबर

काठमाडौं । गुगल प्ले स्टोरमा एक अर्बभन्दा बढी पटक डाउनलोड भएको संसारकै सबैभन्दा विश्वासिलो सञ्चार प्लेटफर्ममध्ये एक राकुटेन भाइबर नेपालमा दशकभन्दा बढी समयदेखि घर–घरमा परिचित नाम बनेको छ ।

यसले मानिसलाई अर्थपुर्ण सम्बन्धहरू बनाउन, आफ्ना परिवार र साथीसँगका अमूल्य क्षण सुरक्षित रूपमा बाँड्न, व्यावसायिक सम्बन्धलाई व्यवस्थापन गर्न र आफ्ना रुचि पछ्याउनका लागि एउटै थलोमा सहज वातावरण उपलब्ध गराउँदै आएको छ ।

सन् २०२४ को सुरुवातमा भाइबरले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जाल प्लेटफर्मका रूपमा आधिकारिक दर्ता गर्यो । यसले नेपाल सरकारद्वारा जारी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०२३ पालना गरेको छ ।

डेटा गोपनीयतालाई विशेष प्राथमिकता दिँदै भाइबरले एन्ड–टु–एन्ड इन्क्रिप्टेड भ्वाइस र भिडियो कल, म्यासेजिङ, ग्रुप च्याट, जिआईएफ, फाइल सेयरिङ र डिभाइस सिन्क्रोनाइजेसन सुविधा उपलब्ध गराएको छ । सुपर एपको रूपमा भाइबर केवल मेसेजिङ वा कलमै मात्र सीमित छैन, यसले प्रयोगकर्ताको दैनिक जीवनलाई सहज बनाउन विभिन्न उपयोगी सेवाहरू प्रदान गर्दछ ।

साथै प्रयोगकर्ताले यसै प्लेटफर्मभित्र पब्लिक च्यानलहरू मार्फत सेलिब्रिटी, इनफ्लुएन्सर र ब्रान्डसम्बन्धी अपडेटहरू पनि पाउँछन् ।भाइबर नेपालमा सुरुवाती कालमै उपलब्ध भएका सञ्चार एपहरूमध्ये एक हो । जसले नेपाली भाषाका स्टिकर र स्थानीय सामग्रीहरू उपलब्ध गराउँदै डिजिटल सञ्चारलाई अझै व्यक्तिगत र आत्मीय बनाएको छ ।

यो निरन्तर रूपमा नेपालीहरूको सेवामा प्रतिबद्ध छ । राष्ट्रिय संकटका समयमा पनि भाइबरले महत्वपूर्ण भूमिका खेलेको छ । सन् २०१५ को गोरखा केन्द्रबिन्दु पारेर गएको भूकम्पपछि यसले गुणस्तरीय भ्वाइस र भिडियो कल सेवा उपलब्ध गराएको थियो ।

कोभिड–१९ महामारीका बेला यसले स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरी केस संख्या र अस्पताल क्षमताबारे महत्त्वपूर्ण जानकारी साझा गरेको थियो भने नेपाल प्रहरीसँग मिलेर सार्वजनिक सञ्चार कायम राख्न पनि योगदान गरेको थियो ।

राकुटेन भाइबरका बारेमा
राकुटेन भाइबर संसारकै सबैभन्दा विश्वासिलो र बढी डाउनलोड भएका एपहरूमध्ये एक हो । हामी सुरक्षित तरिकाले मानिसलाई जोड्ने मात्र होइन, उनीहरूले परिवार र साथीसँग आफ्ना अमूल्य क्षणहरू बाँड्न, व्यावसायिक सम्बन्धहरू व्यवस्थापन गर्न वा आफ्ना रुचि पछ्याउन लागि एउटै ठाउँमा सहज वातावरणको सिर्जना गर्दछ ।

सुपर एपको रूपमा यसले प्रयोगकर्ताको दैनिक जीवनलाई सहज बनाउन आवश्यक सेवाहरू उपलब्ध गराउँछ । राकुटेन भाइबर, राकुटेन ग्रुप आईएनसीको हिस्सा हो जुन विश्वव्यापी रूपमा ई–कमर्स, फिनटेक, डिजिटल कन्टेन्ट र सञ्चार सेवामा अग्रणी प्रविधि कम्पनी हो ।

 

 

You might also like

Comments are closed.