काठमाडौं । जेनजीको आन्दोलनले देशभरको वातावरण अस्तव्यस्त बनेको छ । प्रदर्शनको क्रममा सोमबार १९ जनाको मृत्यु भएको छ भने सयौँ प्रदर्शनकारी घाइते भएका छन् ।
आज पनि देशभर नै प्रदर्शन जारी छ । प्रदर्शनकारीले देशका मुख्य राजमार्ग पनि बन्द गर्न थालेका छन् । पृथ्वी राजमार्ग बिहानै बन्द गराएका थिए भने पूर्वपश्चिम राजमार्ग पनि बन्द भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा र मनहरी बजार क्षेत्रमा प्रदर्शनकारीले टायर बालेर अवरुद्ध गरेका हुन् ।
Comments are closed.