काठमाडौं । गएरातिदेखि देशका धेरै ठाउँमा पानी परेको छ । आज पनि दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशसति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
राति कोशी प्रदेशको पहाड र तराई भेग तथा मधेश, गण्डकी र लुम्बिनी प्रदेशको तराई भेगका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
गएराति काठमाडौंसहित कैलाली, बाँके, बर्दिया, रुपन्देही, नुवाकोट, गोरखा, बारा, नवलपरासी, लमजुङ, मकवानपुर, दोलखा, पाँचथर, सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, दाङ लगायत जिल्लामा पानी परेको छ ।
Comments are closed.