काठमाडौं । बजारमा खाना पकाउने ग्याँसको अभाव नभएको नेपाल आयल निगमले जनाएको छ । ग्याँसको नियमित आपूर्ति भइरहेको जनाइएको छ ।
सबैखाले पेट्रोलियम पदार्थको नियमित आपूर्ति भइरहेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जनाए ।
यतिबेला बजारमा ग्याँसको अभावको हल्ला फैलिएको छ । सो हल्लाको पछि नलाग्न प्रवक्ता ठाकुरको अनुरोध छ ।
Comments are closed.