काठमाडौं । जेन–जी पुस्ताले सामाजिक सञ्जाल निषेध गर्ने र भष्ट्राचार विरुद्ध सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको राष्ट्रिय सम्पति र जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य संघ काठमाडौं गहिरो दुःख व्यक्त गरेको । ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
“यस संघ युवा पुस्ताले उठाएका मागप्रति संवेदनशील रहँदै देशको शान्ति सुरक्षा, नागरिकको सेवामा सहज पहुँच, स्वतन्त्र पेशा–व्यवसाय गर्ने अधिकारको सुनिश्चितता तथा भष्ट्रचारमुक्त प्रणाली ,लगानी र रोजगारीको प्रवद्र्धन तथा सुरक्षाको लागि उपयुक्त वातावरण निर्माणमार्फत समुन्नत समाज बनाउन सबै सरोकारवालालाई एकताबद्ध हुन आह्वान गर्दछौँ” विज्ञप्तीमा भनिएको छ ।
संघ देशको शान्ति, स्थिरता र आर्थिक पुनरुत्थानमा सहकार्य गर्न प्रतिबद्ध रहेको कुरा यस विज्ञप्ति मार्फत सार्वजनिक गर्दछौ । नेपाली सेनाको नेतृत्व र संयोजनमा अगाडि बढ्ने सम्पूर्ण समन्वयात्मक कार्यमा सहयोग गर्न र मुलुकलाई अर्थ–सामाजिक संकटबाट बाहिर निकाल्दै व्यवस्थित र दिगो आर्थिक विकासतर्फ अघि बढाउन संघ दृढ प्रतिवद्ध छ ।
यस कठिन परिस्थितिमा उत्पादन, रोजगारी, लगानी र बजार सन्तुलनलाई प्राथमिकता दिँदै, देशको अर्थतन्त्र पुनः गतिशील बनाउन नेपाली सेना, निजी क्षेत्र, उद्योगी व्यवसायी तथा नागरिक समाजसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।
Comments are closed.