काठमाडौं । लोकतान्त्रिक मूल्य र कानूनी शासनको आधारमा निकास खोज्न राष्ट्रिय मानव अधिकार आयोगले सुझाव दिएको छ ।
मुलुकमा उत्पन्न संकटपूर्ण परिस्थितिबाट निकास खोज्न मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनलाई आधार बनाउनुपर्ने आयोगको सुझाव दिएको हो । आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग नियमित सम्पर्क गरिरहेको बताएको छ ।
आयोगले राष्ट्रपतिलाई मुलुकमा मानव अधिकारको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, शान्ति स्थापनाको सुनिश्चितता र कानूनी शासनको प्रत्याभूतिका लागि आवश्यक कदम चालिने भन्नेमा विश्वास व्यक्त गरेको छ ।
Comments are closed.