काठमाडौं । जेनजीको प्रदर्शनले देशमा ठूलो धनजनको क्षति पुगेको छ । यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा प्रदर्शनकारी, सुरक्षाकर्मीले अकालमै ज्यान गुमाउनु परेको छ ।
देशका सार्वजनिक लगायत विभिन्न भौतिक संरचना क्षतिग्रस्त बनेका छन् । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजश्व कार्यालय र ५ भन्सार कार्यालय जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको पाइएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार ४ आन्तरिक राजश्व कार्यालय र ४ भन्सार कार्यालयमा आंशिक क्षति भएको छ ।
Comments are closed.