हुम्ला । नेपाल टेलिकमले गाउँ–गाउँमा आफ्नो सेवा विस्तारलाई जोड दिएको छ । टेलिकमले आफ्नो सेवा क्षेत्र विस्तार गर्ने क्रममा हुम्लाको चङ्खेली गाउँपालिकामा चौथो जेनेरसन (फोरजी)सेवा सञ्चालनमा ल्याएको छ ।
टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका यहाँका नागरिकलाई सो सेवा विस्तार भएपछि उत्साहित बनेका छन् । ग्रामीण भेगका नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न टेलिकमले आफ्नो सेवा विस्तार गर्दै अगाडि बढिरहेको छ ।
नेपाल टेलिकमले विसं २०७३ पुस १७ गतेदेखि काठमाडौं र पोखराबाट फोरजी सुरुआत गरेको थियो । हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ ।
Comments are closed.