रुपन्देही । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको आन्तरिक राजश्व कार्यालयले सेवा दिन थालेको छ ।
कार्यालयमा क्षति पुगेपछि कार्यालयको पार्किङस्थलबाट सेवा सुरु भएको छ । प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कार्यालयले केही अत्यावश्यक सेवामात्र दिएको बताए कार्यालयको पार्किङमा टेन्ट राखेर आइतबारदेखि थालनी गरिएको उनी बताउँछन् ।
इन्टरनेट र बिजुली व्यवस्थापन गरेर न्यूनतम साधनस्रोत र उपलब्ध कर्मचारीबाट सेवा प्रवाह भइरहेको छ ।
Comments are closed.