काठमाडौं । क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र निर्वाचनका लागि आयस्रोत खोज्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको छ ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते भएको भौतिक क्षतिको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि आयस्रोत खोज्न अर्थ मन्त्रालयले ३ सदस्यीय कार्यदल गठन गरेको हो ।
जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको चुनावका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री रहेका छन् ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अहिलेको बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको हो ।
Comments are closed.